Saturday, June 20, 2020

   
खगेन्द्र पराजुली,
६ असार, नवलपुर । 

देबचुलीबाट स्वाव संकलन गरी पठाईएका देबचुली ७ ससुराली भएका एक संक्रमितलाई जनस्वास्थ्य निर्देशनालय गण्डकीले स्याङ्जाको तथ्याङका अद्यावधिक गरेको छ । 

भरतपुरमा भएको परिक्षणमा स्याङजा स्थायी ठेगाना भएका तर दिल्लीबाट सिधै ससुराली  आएका उनलाई ससुराली घर नपुग्दै भीसमेन माबिको क्वारेन्टाईनमा राखिएको थियो । 

ती ब्यक्तिले आफ्नो नागरीकता स्याङजाको भए पनि आफू सानैदेखि दिल्लीमै बसेकाले स्याङजाका बारेमा सबै नजानेको बताएको वडाध्यक्ष भुपराज पाठकले बताउनुभयो । 

उनी प्राय आफु नेपाल आउँदा ससुराली घरमा आउने जाने गर्ने गरेको बताउँदछन् । 

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले परिक्षण प्रयोगशाला भरतपुरबाट देबचुलीको रिपोर्ट बनेर आएको बताउनुभएको छ । 

प्रदेशले स्थायी ठेगानालाई अद्यावधिक गरेपछि नवलपुरको कुल संक्रमित संख्या १ सय १५ रहेको छ । 
देबचुलीमा संक्रमित संख्या ९ जना पुगेको छ । 

यस खवरसँग सम्वन्धित थप जानकारी तलको लिंकबाट प्राप्त गर्न सक्नुहुनेछ ।

देबचुलीको क्वारेन्टाईनका २ जनामा देखियो संक्रमण: ट्राभल हिस्ट्री सहित


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *