Saturday, June 20, 2020


खगेन्द्र पराजुली, 
६ असार, नवलपुर । 

नवलपुरमा आजै थप  १५ जनामा कोरोना संक्रमण देखिएको । नयाँ संक्रमित मध्यबिन्दु नगरपालिकाका भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी गराउनुभएको हो । 

योसँगै नवलपुरका १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । 

आज बिहान गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा नवलपुरका १६ जनामा संक्रमण भएको पुष्टि गरिसकेको छ । 

काठमाण्डौमा भएको परीक्षणमा मध्यबिन्दुका २ महिला  र १३ पुरुष गरी १५ जनामा संक्रमित फेला परेको स्वास्थ्य कार्यालयमा जानकारी प्राप्त भएको वहाँले बताउनुभयो । 

कुन वडा र कहाँको क्वारेन्टिनमा बसेका भन्ने बिषयमा ईमेलमा प्राप्त बिवरण एक एक गरेर रुजु हुदै गरेकाले थप बिवरण आउन केही बेर लाग्ने स्वास्थ्य शाखा मध्यबिन्दुका प्रमुख माधबप्रसाद पोखरेलले बताउनुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *