Saturday, June 20, 2020


खगेन्द्र पराजुली, 
६ असार, नवलपुर । 

नवलपुरमा बिद्युत छिनछिनमा काटिने समस्या समाधानका लागी बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिनुभएको छ । 

कावासोती बिद्युत प्राधिकरणका प्रमुख मधुसुदन यादबलाई नवलपुरको बिद्युतको समस्या तत्काल समाधान गर्न निर्देशक घिसिङले निर्देशन दिनुभएको हो । 

नवलपुरमा एक महिना अगाडीदेखी छिनछिनमा बिजुलीको लाईन गईरहने समस्या हुदा सेवाग्राहीले समस्या झेल्दै आएका छन् । 

यहाँ एकदिनमै धेरै पटक बिजुली अवरुद्ध हुने गरेको छ । 

२–३ मिनेटको फरकमा पनि धेरै पटक लाईन झ्याप्पे काटिने र झ्याप्प आउने गर्दा भोल्टेज गडबढीका कारण धेरैका ईलेक्ट्रोनिक्स सामाग्रीमा क्षति समेत पुगेको गुनासो सामाजिक सञ्जालमा आएका छन् । 

पटक–पटक प्राधिकरणमा समस्याका बारेमा अवगत गराउँदा पनि समस्या समाधानमा पहल नगरेपछि सिधै निर्देशक घिसिङसमक्ष गुनासो पुगेपछि गुनासो पुगेकै १५ मिनेटभित्रै घिसिङको निर्देशन आएको हो ।

कावासोती बिद्युत प्राधिकरणका प्रमुख यादवले देबचुलीको प्रगतिनगरस्थित ग्यास फैक्ट्री नजिक समस्या आएको भए पनि के समस्या हो भन्ने पहिल्याउन नसकेको बताउनुभएको छ  । 

कार्यालय प्रमुख यादबले समस्या पहिल्याउन ईन्भेष्टिगेशन भईरहेकाले सेवाग्राहीलाई धैर्य गर्न भन्नुभएको छ । समस्या पहिचान भएमा आधा घण्टामै समस्याको हल हुने पनि बताउनुभयो । 

वहाँका अनुसार हिजो प्रगतिनगरमा एक ठाउँमा समस्या भएको भेटिएपछि त्यसलाई मर्मत गर्दा हिजो राती भने ठीक भएको थियो । फेरी आज बिहानदेखी समस्या आउँदा अन्यत्र पनि समस्या भएको हुनसक्ने बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *