Sunday, June 21, 2020


खगेन्द्र पराजुली, 
७ असार, नवलपुर । 

गण्डकी प्रदेशका ११ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हिजो शनिवार मुस्ताङका ८३ बर्षका एक जना पुरुषमा कोभिड १९ को  संक्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्लामा संक्रमण फैलिएको हो । 

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. १ छैरोको तिब्बतियन क्याम्पमा बस्ने ती बृद्ध काठमाण्डौको बौद्धबाट आएको जिल्ला स्वास्थ्य कार्यालयको बिज्ञप्तिमा उल्लेख छ । 

यस्तै आज आईतवार गण्डकी प्रदेशको जनस्वास्थ्य निर्देशनालयले कोभिड १९ सँग सम्वन्धित प्रकासित गरेको बिज्ञप्तिमा थप १६ जना नयाँ संक्रमित पाईएको जनाएको छ । 

योसँगै प्रदेशले ५ सय ४ जनामा संक्रमण पुष्टि गरेको छ । यद्यपि, नवलपुर ठेगाना भनेर हिजो शनिवार दिउँसो पुष्टि भएका मध्यविन्दु नगरपालिकाका एकैपटकका १६ जना नभई १५ जना मात्र भएको र सोही बिज्ञप्तिमा पालिका नखुलेका ७ बर्षका १ बालक समेत नवलपुरका नभएकोले गण्डकीले प्रकाशित गरेको नवलपुरको हालसम्मको पछिल्लो तथ्याङ्कमा २ जना घटेर आउँदा यहाँको तथ्यपरक संक्रमित संख्या १३१ हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो । 

वहाँले प्राप्त बिवरणलाई सम्वन्धित मध्यबिन्दुको स्वास्थ्य कार्यालयले खोजतलास गर्दा फेला पार्न नसकेपछि जिल्लाका अन्य पालिकामा पनि खोज्दा ७ बर्षका बालक सहित मध्यबिन्दुको संक्रमितको संख्यामा जोडिएको १ जनाका बारेमा केही खुल्न नसकेको बताउनुभयो । 

स्वास्थ्य प्रमुख चापागाईले निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्मालाई तथ्याङ्क अद्यावधिकमा पुनर्बिचार गरी सच्चाउन आग्रह गरिसकेको बताउनुभएको छ । 
यस्तै, स्याङ्जामा समेत संक्रमण पुष्टि भएका चापाकोटका भनिएका एक जना पुरुष स्याङजाको कुनै पनि पालिकाको स्वाव संकलन गरिएको बिवरणमा नभएको स्याङजाबाट जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *