Sunday, June 21, 2020


खगेन्द्र पराजुली, 
७ असार,  नवलपुर । 

आज गैडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

गैंडाकोट–३ का २० बर्षका युवकमा युवकमा संक्रमण देखिएको हो । 

पोखरास्थित प्रदेश क्षयरोग केन्द्रको कोभिड १९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा गैंडाकोटका १ जनामा कोभिड १९ पोजेटिभ आएके जनस्वास्थय निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 

जेठ १९ गते भारतवाट आई क्वारेन्टाईनमा बसेका युवकमा संक्रमण पुष्टि भएको गैडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो । 

यहाँबाट पोखरा पठाईएका स्वाव नमूनामध्ये परीक्षण हुन बाँकी ५ मध्ये पनि ४ वटाको मात्रै नतिजा आएको छ । प्राप्त नतिजामा ३ जनाको भने नेगेटिभ आएको छ । 

आज पुष्टि भएका संक्रमित सहित गैडाकोटका ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । 

नवलपुरमा संक्रमित संख्या १ सय ३२ पुगेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *