Sunday, June 21, 2020


खगेन्द्र पराजुली, 
७ असार, नवलपुर । 
आज आईतवारसम्म नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । 
पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १ सय ९४ जनाले डिस्चार्ज पाएका छन् । 
आज डिस्चार्ज हुनेमा पुरुष १ सय ८६ जना र महिला ८ जना रहेका छन् । अहिलेसम्म १ हजार ७ सय ७२ जना डिस्चार्ज भएका छन् ।
जसमा अहिलेसम्म १ सय ४९ जना महिला र १ हजार ६ सय २३ जना पुरुषले डिस्चार्ज पाएका छन् । 
अहिलेसम्म ७७ जिल्लामध्ये ७५ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ ।  
आज गुल्मी छत्रकोटका ६९ बर्षका बृद्धको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । ती ब्यक्तिको हिजो घरमै मृत्यु भएको मृत्युपश्चात परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । 
संक्रमितमध्ये हालसम्म २३ जनाको ज्यान गएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *