Monday, June 22, 2020


खगेन्द्र पराजुली, 
८ असार, नवलपुर । 

नवलपुरको बौदीकालीका ८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । 

योसँगै बौदीकालीमा मात्रै संक्रमित हुनेको संख्या २२ पुगेको छ भने नवलपुरको तथ्याङ्कमा संक्रमित हुनेको संख्या १ सय ४० पुगेको छ । 

असार २ गते संकलन गरी पोखरामा परीक्षणका लागी पठाईएका यहाँका ३६ स्वावमध्ये ८ जनामा संक्रमण देखिएको छ । संकलित स्वावमध्ये पोजेटिभ नतिजा आएकाको मात्र रिपोर्ट बनेर आएको हो । यीमध्ये कति परीक्षण भए र कति नेगेटिभ आएका छन् भन्ने बिवरण प्राप्त भएको छैन । 

संक्रमितको पुरा पुष्टि हुने बिवरण सम्वन्धित पालिकाले रिपोर्ट रुजु गरेपछि बिस्तृतमा प्रकाशन गर्नेछ । 

यस्तै, कावासोतीका ५९ स्वावमध्ये ३१ स्वावको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

जेठ २८ गते हात्तीखोरमा संकलन गरी पोखरा परीक्षणका लागी पठाईएका स्वाव ८ दिनसम्म पोखरा होल्ड गरेर स्वावको चाप बढी भएपछि परीक्षणका लागी पोखराले काठमाण्डौको प्रयोगशाला पठाएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *