खगेन्द्र पराजुली,
८ असार, नवलपुर ।
आज सोमवार एकैदिन नवलपुरका २५ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।नवलपुरका ४ वटा पालिकाका २५ जना नयाँ संक्रमित पुष्टि भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले दिनुभएको जानकारी अनुसार आज पोखरा प्रयोगशालामा परिक्षण भएका बौदीकालीका ८ जना, काठमाण्डौको टेकुमा पुष्टि भएका मध्यबिन्दुका १ जना, भरतपुरको प्रयोगशालामा बुलिङटारका १४ जना र गैंडाकोटका २ जनामा गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नवलपुरमा संक्रमित हुनेको संख्या १ सय ५७ पुगेको छ ।
बौदीकालीका ८ जना नै भारतवाट आई क्वारेन्टिनमा बसेकाहरु हुन् । जसमा वडा नम्वर ६ का २९ र १८ बर्षका, १का १९ बर्षका, ३ का २० बर्षका १ जना र २१ बर्षका २ जना, ३ का ४२ र ५० बर्षका छन् ।
गैंडाकोट वडा नं. १७ का ३५ र २८ बर्षका दम्पतीमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका दुबै जना जेठ २९ गते भारतवाट सुनौली नाका हुदै आएका हुन् ।
मध्यबिन्दु वडा नं. १ का २९ बर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
बुलिङटारका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित यहाँका २ वटा क्वारेन्टाईनमा बसेकामध्येका हुन् । थप बिवरण तयार हुदै गरेको जनाईएको छ ।
संक्रमितलाई आज क्वारेन्टिनमै होल्ड गर्नुपर्ने जानकारी आएको सम्वन्धित पालिकाले जनाएका छन् ।जिल्लाकै प्रभावकारी आईशोलेशन मानिएको रजहरको प्राकृतिक चिकित्सालयमा बेड अभाव भएकाले आज बेलुकासम्म सबै प्रबन्ध मिलाएपछि भोली मंगलवार सबैलाई आईशोलेशनमा ल्याउन जानकारी गराईसकिएको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले बताउनुभयो ।
यस्तै आईशोलेशनमा बसेका केही संक्रमितको पुनः परिक्षणमा रिपोर्ट नेगेटिभ आएकाले ती संक्रमितलाई डिस्चार्ज गरिने योजना बनेकोले सम्भवतः आज संक्रमणमुक्त भएकालाई डिस्चार्ज दिईने छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment