Monday, June 22, 2020


खगेन्द्र पराजुली, 
८ असार, नवलपुर 

आज सोमवार राती साढे ८ बजेसम्ममा गण्डकीमा ९० जना कोभिड १९ का नयाँ सक्रमित थपिएका छन् । आज पुष्टि भएका नयाँ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय १० पुगेको छ । यद्यपि, गण्डकी प्रदेशको तथ्याङ्कमा ५ सय ९३ जनाको मात्रै बिवरण अद्यावधिक रहेको छ । 

यो तथ्याङ्कमा नवलपुरका १७ जनामा संक्रमण पुष्टि भएको बिवरण उल्लेख भएको छैन । 

सोमवार बिहानै भरतपुर प्रयोगशालाबाट पुष्टि भएका नवलपुरको बुलिङटारका  १४ जना सहित गैंडाकोटका २ जना र मध्यबिन्दुको शनिवार संक्रमण पुष्टि भएका तर अस्पष्ट बिवरण प्राप्त हुदा पहिचान हुन नसकेकाको आज काठमाण्डौस्थित टेकु प्रयोगशालाबाट प्राप्त भएको पूर्ण बिवरण सहित पुष्टि भएका १ जना गरी १७ जना संक्रमितको बिवरण उल्लेख नभएको हो । 

यी संक्रमितहरुको पुष्टि भरतपुर अस्पताल सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा समेत पुष्टि भैसकेको छ । 

प्रदेश जनस्वास्थ्य निर्देशनालय गण्डकीको पछिल्लो बिज्ञप्तिमा प्रदेशका ८ जिल्लाका ५३ जनामा संक्रमण भएको पुष्टि गरेको छ । 

संक्रमण पुष्टि हुनेमा तनहुको भिमाद, घिरिङ, आवुखैरेनी र बन्दीपुरका १ महिला र १६ पुरुष गरी १७ जना, स्याङजाको वालिङ, कालीगण्डकी र अर्जुनचौपारीका १ महिला र ८ पुरुष गरी ९ जना, बाग्लुङको ताराखोला र निसीखोलाका ७ महिने बालक र ७ जना पुरुष गरी ८ जना, गोर्खाको गण्डकी, सहिदलखन र भीमसेनका २ महिला र ९ पुरुष गरी ११ जना, लमजुङको क्होलासोथार, मध्यनेपाल, दूधपोखरी र बेशीशहरका १ महिला र ४ पुरुष गरी ५ जना, पर्बत कुश्माका १ पुरुष, नवलपुरको बौदीकालीका १ पुरुष र पोखराका १ पुरुष छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *