Wednesday, June 24, 2020


खगेन्द्र पराजुली, 
१० असार , नवलपुर । 

नवलपुरमा कोरोना संक्रमितको संख्या १ सय ८२ पुगेको छ । मंगलवार काठमाण्डौस्थित राष्ट्रिय परीक्षण प्रयोगशाला टेकुमा भएको परिक्षणमा नवलपुरका २१ जना र भरतपुरमा भएको परिक्षणमा ३ जनामा संक्रमण भएको पुष्टि भएको छ । 

काठमाण्डौको परिक्षणमा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलवारको नियमित प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक भएको हो भने भरतपुरको राती ११ बजे जिल्ला स्वास्थ्य कार्यालयका नवलपुरका प्रमुखलाई जानकारी प्राप्त भएको हो । 

काठमाण्डौ प्रयोगशालामा भएको परिक्षणमा कावासोतीका १० जना र बौदीकालीका ११ जनामा संक्रमण देखिएको हो भने भरतपुर प्रयोशालावाट गैंडाकोटका ३ जनामा संक्रमण देखिएको नवलपुर स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *