Wednesday, June 24, 2020


खगेन्द्र पराजुली, 
१० असार, नवलपुर । 

नवलपुरको मध्यबिन्दुका २ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा १ सय ८४ जना संक्रमित पुगेका छन् भने मध्यबिन्दुमा मात्रै ४२ जनामा संक्रमण पुष्टि भएको छ । यहाँ ४ जना महिला र ३८ जना पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाले पछिल्लो पटक प्रकाशित गरेको बिज्ञप्तिमा उल्लेख छ । 

आज संक्रमण पुष्टि हुनेमा मध्यबिन्दु नगरपालिकाको क्वारेन्टाईनमा बसेका १ महिला र १ पुरुष छन् ।

वडा नं. ३ का ५३ बर्षका पुरुष र वडा नं. ८ की २० बर्षकी युबतीमा संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष जेठ २६ गते र युवती असार १ गते दिल्लीबाट सुनौली नाका हुदै आएका हुन् । 

संक्रमित पुष्टि भएकाको स्वाव असार ६ गते संकलन भएको हो । स्वाव परीक्षण हेटौडास्थित किट अनुसन्धान केन्द्रको प्रयोगशालामा भएको हो । 

संक्रमितलाई रजहरस्थित प्राकृतिक आईशोलेशनमा राखिने जनाईएको छ । 

कहाँ कति छन् नवलपुरमा संक्रमित 
मध्यबिन्दु ४२
बौदीकाली ३४
हुप्सेकोट ३२
बुलिङटार २७ 
कावासोती १६
बिनयी–त्रिबेणी १३
गैंडाकोट ११
देबचुली ९



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *