खगेन्द्र पराजुली,
११ असार, नवलपुर ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आयोजना गरेको रोटा भाईरस बिरुद्धको पहिलो चरणको नियमित खोप सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ । हिजो बुधवार र आज बिहीबार २ दिनसम्म चलेको तालिम सम्पन्न भएको हो ।
देबचुलीको दलदलेमा बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाका १३ जनालाई रोटा भाईरस बिरुद्धको खोपका बारेमा अभिमुखीकरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो ।
पछिल्लो समय बालबालिकामा देखा पर्ने झाडापखाला रोटा भाईरसका कारण हुने भएको अध्ययनले पुष्टि गरेपछि बच्चा जन्मेको ६ हप्ता र १० हप्ताका बालबालिकामा यो खोप निरन्तर खुवाउने गरी नियमित खोप तालिकामा उल्लेख भएको छ ।
नेपालमा रोटा भाईरस बिरुद्धको खोप खुवाउन यही साउन महिनादेखी पहिलो पटक शुरुवात हुने भएको छ ।
साउन महिनाबाट बालबालिकामा खोप दिन शुरु गरिनेछ ।
पहिलो मात्रा ६ हप्ताका र दोस्रो मात्रा १ महिनापछि १० हप्ताका बालबाललिकामा १.५ एम एल्को एक–एक एम्पुल बच्चालाई मुखबाट ख्वाउनुपर्नेछ ।
तालिममा बौदीकालीका स्वास्थ्य शाखा प्रमुख र यहाँका ५ वटा स्वास्थ्य चौकीका प्रमुख तथा बुलिङटारका स्वास्थ्य शाखा प्रमुख र यहाँका ६ जना स्यास्थ्य चौकी प्रमुख उपस्थित थिए ।
कोरोना संक्रमणको जोखिमका कारण ठूलो उपस्थितिमा तालिम संचालन गर्न नसकिएकाले पहिलो चरणमा यी २ पालिकालाई समावेश गरिएको हो ।
यही तालिम अन्य पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा स्वास्थ्य चौकीका प्रमुखलाई जिल्ला स्वास्थय कार्यालयले प्रदान गर्ने र सम्वन्धित स्वास्थ्य चौकीका प्रमुखले आफ्नो कार्यालय मातहतका स्वास्थ्यकर्मीलाई सिकाएर खोप अभियान सम्पन्न गर्नुपर्ने जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment