Thursday, June 25, 2020


खगेन्द्र पराजुली, 
११ असार, नवलपुर । 

गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानून मंत्री हरिबहादुर चुमानले आईशोलेशन ब्यवस्थापनको खर्च प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 

मन्त्री चुमानले आज नवलपुरका २ वटा अस्पतालको आईशोलेशनको निरीक्षणका क्रममा नवलपुरका क्वारेन्टाईनलाई ब्यवस्थापन गर्नका लागी समेत यहाँका पालिकालाई १ लाख देखी ५ लाखसम्म उपलब्ध गराएको बताउनुभयो । 

शुरुमा रजहरस्थित जिल्ला अस्पतालको कोभिड १९ अस्थायी अस्पतालको रुपमा बिकास गरिएको सामुदायिक प्राकृतिक चिकित्सालयको निरीक्षणका क्रममा वहाँले यहाँ संक्रमण पुष्टि भएर बसेकाहरुलाई आत्मबल उचो बनाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गरी कोरोना संक्रमणबाट मुक्त हुन हौसला प्रदान गर्नुभएको छ । 

वहाँले बिश्वमै कोरोनाको औषधि तथा खोप पत्ता नलागेको अवस्थामा आफ्नै शरीरभित्रका हितकारी भाईरसमा बृद्धि गरी रोग तथा संक्रमण फैलाउने हानिकारक भाईरसलाई मार्न सक्ने रोगप्रतिरोधात्मक शक्ति भएका जडीबुटी पनि यसमा महत्वपूर्ण हुने बताउनुभयो । 

वहाँले संक्रमितसँग सामाजिक दूरी कायम गरी प्रत्यक्ष रुपमा छिटो निको हुन कामना गर्ने क्रममा प्रदेश सरकार नागरीकको स्वास्थ्यप्रति निकै संबेदनशील रहेको बताउनुभयो । 

यस्तै, अस्पताल ब्यवस्थापनलाई यहाँ संक्रमितलाई गरिएको ब्यवहार, उपचार पद्धति, आहार–बिहार लगायतको प्रशंशा गर्दै प्रदेश सरकारको तर्फबाट धन्यबाद समेत ब्यक्त गर्नुभ्एको छ । 

मन्त्री चुमानले आईशोलेशन खर्च उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेसँगै प्राकृतिक चिकित्सालयका निर्देशक डा. बिनोद पौडेल तथा सामुदायिक प्राकृतिक चिकित्सालय ब्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर क्षेत्रीद्धारा संयुक्त रुपमा हस्ताक्षरित एक महिनाको ब्यवस्थापकीय प्रस्तावना मन्त्री चुमानसमक्ष पेश भएकोे छ । 

ब्यवस्थित र प्रभावकारी आईशोलेशन सामुदायिक प्राकृतिक चिकित्सालयको निरीक्षणपश्चात् मन्त्री चुमानले कावासोतीको डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालको समेत निरीक्षण गर्नुभएको छ । 

नवलपुरका १ सय ६० भन्दा बढी संक्रमित सहित प्राकृतिक चिकित्सालयको आईशोलेशनमा तनहुँको देबघाट गाउँपालिकाका १ जना र स्याङजाका १ जना संक्रमित रहेका छन् । 

मध्यबिन्दु अस्पतालको आईशोलेशनमा ४ जना संक्रमित बसेका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *