Friday, June 26, 2020


खगेन्द्र पराजुली, 
१२ असार, नवलपुर । 

नवलपुरमा हिजो बिहीवार २६ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमण पुष्टि हुनेको संख्या २ सय १० पुगेको छ । 

पोखरा प्रयोगशालामा भएको परिक्षणमा बिनयी–त्रिबेणीका ५ जनामा र भरतपुरमा भएको परिक्षणमा कावासोतीका १४ र गैडाकोटका ७ जनामा सक्रमण देखिएको छुट्टाछुट्टै आधिकारीक स्रोतलाई उधृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 

बिहीबार राती प्राप्त भरतपुरको रिपोर्टमा कावासोतीका  महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो । 

कावासोती वडा नम्वर १ का ३५ बर्षकी एक महिला तथा ३०, ३३, ३० र बर्षका ३ जना पुरुष गरी  ४ जना, कावासोती ३ का २५ बर्षकी एक महिला तथा १८, र २९ बर्षका २ जना पुरुष गरी ३ जना, कावासोती ८ का ५८ बर्षका १ जना पुरुष, कावासोती १६ का ३७ बर्षकी एक महिला तथा २४, २२ र २४ बर्षका ३ पुरुष सहित ४ जना गरी १४ जनामा संक्रमण देखिएको छ । 

यस्तै, गैंडाकोट १ का ५३ बर्षका पुरुष, गैंडाकोट ५ का ५२ र २५ बर्षका २ जना पुरुष  र  गैंडाकोट १३ का ३४, २३, ३५ र ५२ बर्षक ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । 

यस्तै यसअघि पोखराबाट प्राप्त रिपोर्ट अनुसार बिनयी त्रिबेणीका १ महिला र ४ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भईसकेको थियो ।

नवलपुरमा आज संक्रमण पुष्टि भएकाहरु समेत क्वारेन्टाईनमा बसेकाहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै, नवलपुरका २ सय १० जना संक्रमितमध्ये १४ जना डिस्चार्ज भएका छन् ।
कुन पालिकामा कति भए संक्रमित, कति भए डिस्चार्ज 
पालिका     संक्रमित     डिस्चार्ज
मध्यबिन्दु      ४२
बौदीकाली       ३४
हुप्सेकोट         ३२
कावासोती      ३०
बुलिङटार        २७  
बिनयी–त्रिबेणी  १८          
गैंडाकोट           १८
देबचुली              ९

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *