Saturday, June 27, 2020



खगेन्द्र पराजुली, 
१३ असार, नवलपुर ।  

नवलपुरको देबचुलीमा  ६ जनामा कोरोना भाईरस कोभिड १९  संक्रमण पुष्टि भएको छ । आज शनिवार पोखरा प्रयोगशालामा भएको परिक्षणमा देबचुलीका ३ महिला र ३ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जनाकारी दिनुभयो । योसँगै देबचुलीमा संक्रमित हुनेको संख्या १५ पुगेको छ । 

यस्तै देबचुली १२ का यसअघि नै संक्रमण पुष्टि भएका नवलपुरका पहिलो संक्रमित ४९ बर्षका पुरुषमा  सरकारको मापदण्ड अनुसार नै अन्तिम परीक्षण नगरी डिस्चार्ज भएका ब्यक्तिमा गरिएको स्वाव परिक्षणको रिपार्ट पोजेटिभ आएको छ । 

ती पुरुष गत जेठ १ गते कोरोना संक्रमण पुष्टि भएपछि भरतपुरस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत थिए । उनलाई गत जेठ ३२ गते अस्पतालले कोरोना परिक्षण नगरी डिस्चार्ज दिएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *