Saturday, June 27, 2020


खगेन्द्र पराजुली,
१३ असार, नवलपुर ।  

नवलपुरको देबचुलीमा ६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई प्राकृतिक आईशोलेशन पुर्याईएको छ । 

देबचुली ७ का २६ बर्षकी एक महिला र ३१ बर्षका पुरुष, देबचुली १५ का ३४ बर्षका महिला र देबचुली १३ का २६ बर्षका पुरुष कुबेतबाट आएका हुन् भने देबचुली १७ का ३२ बर्षका पुरुष युएईबाट आएका हु्न् ।

यस्तै, देबचुली १२ का ३३ बर्षका पुरुष भारतवाट आएका हुन् ।

यी संक्रमितमध्ये देबचुली १३ की महिला भने आफ्नै घरको होम क्वारेन्टाईनमा बसेको नगरपालिका स्रोतले उल्लेख गरेको छ । 

अरु ५ जना सामुदायिक क्वारेन्टाईनमा बसेका थिए । 

नेपाली सेनाको एस्कर्टिङमा आईपुेगेका तेस्रो मुलुकका ब्यक्तिमा देबचुलीमा पहिलोपटक संक्रमण पुष्टि भएको छ । 

यहाँ माईती ठेगाना भएकी एक महिला बाहेक यसअघि संक्रमण पुष्टि भएका यहाँका सबै भारतवाट आई क्वारेन्टाईनमा बसेकामा मात्र संक्रमण पुष्टि भएको थियो । 

ती संक्रमित महिला भने संक्रमणमुक्त भएकी छन् । 

1 comment:

  1. प्राकृतिक आइसोलेसन भनेको नै हो कि , प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन भनेको हो ? यदी प्राकृतिक आइसोलेसन नै हो भने , यो कस्तो किसिमको आइसोलेसन हो ? प्रस्ट हुन पाए नयाँ अभ्यास थाहा हुने थियो ?

    ReplyDelete




Contact Form

Name

Email *

Message *