Sunday, June 28, 2020


खगेन्द्र पराजुली, 
१४ असार, नवलपुर । 

गण्डकी प्रदेशमै सबैभन्दा धेरै संक्रमित संख्या भएकोे सुचीमा रहेको नवलपुरमा संक्रमणमुक्त भएर निको भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । 

संघीय सरकारले कोभिड १९ परीक्षणको नयाँ मापदण्डको निर्देशिका जारी गरी पछिल्लो परीक्षण नगर्ने भने पनि गण्डकी सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने संक्रमणमुक्त भएको पुष्टि भएपछि मात्रै पूर्ण निको गराएर डिस्चार्ज गरिने प्रतिवद्धता जनाएपछि यहाँका ३ जना बाहेक अन्य सबै संक्रमणमुक्त भएर नै डिस्चार्ज भएका छन् । 

आज आईतवार डिस्चार्ज हुने क्रममा रहेकामध्ये धेरै प्राकृतिक चिकित्सालयका छन् ।

यहाँवाट आज पहिलो चरणमा संक्रमणमुक्त भएको रिपोर्ट सहित मध्यबिन्दुका १० जना, हुप्सेकोटका १० जना, कावासोतीका १ जना र नेगेटिभ पुष्टि भएका तर बिवरण संकलन हुन बाँकी रहेका १ जना गरी २२ जनालाई बिदाई गर्ने प्रकृयामा सम्बन्धित पालिकामा समेत जानकारी भैसकेको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले बताउनुभयो । 

डा. पौडेलले साँझसम्म प्राकृतिक चिकित्सालयको आईशोलेशनबाट डिस्चार्ज हुनेको संख्या अझ बढ्न सक्ने बताउनुभएको छ । 

वहाँका अनुसार प्रदेश प्रयोगशालाबाट एक–एक जनाको भेरिफाईड रिपोर्ट आउँदै गरेकोले संक्रमणमुक्त हुनेको संख्या बढ्ने अनुमान छ ।  

यस्तै आजै मध्यबिन्दु जिल्ला अस्पतालमा रहेका ४ मध्ये ३ जनाको समेत रिपोर्ट नेगेटिभ आएकाले कावासोती वडा नं. १, देबचुली वडा नं. १५ र बिनयी–त्रिबेणी वडा नं. १ का गरी ३ जना पुरुषलाई डिस्चार्ज गर्ने तयारीमा जुटेको  अस्पतालका कोरोना स्रोत ब्यक्ति डा. पुस्कल पौडेलले जानकारी दिनुभएको छ । 

जिल्ला अस्पतालको आईशोलेशनबाट आज बिदाई हुन लागेकामध्ये देबचुलीका जेठ १६ गते, कावासोती र बिनयी त्रिबेणीका जेठ १९ गते आईशोलेशनमा भर्ना भएका थिए । 

देबचुली ११ का एक जनाको भने रिपोर्टको जानकारी आईसकेको छैन । 

यसअघि नवलपुरको तथ्याङ्कमा डिस्चार्ज हुनेको संख्या १४ रहेको छ । 

तीमध्ये ११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । 

भरतपुरबाट डिस्चार्ज गर्ने बेलामा परीक्षण नगरी डिस्चार्ज गरिएका एक जनामा हिजो प्रदेश प्रयोगशालामा भएको परिक्षणमा पोजेटिभ देखिएको छ । ती ब्यक्ति जेठ ३२ गते डिस्चार्ज भई होम क्वारेन्टाईनमा बस्दै आएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *