Thursday, June 18, 2020


खगेन्द्र पराजुली, 
४ असार, नवलपुर । 

नवलपुरका ६३ जना कोरोना भाईरस कोभिड १९ का संक्रमितहरु अहिले रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईशोलेशनमा छन् । 

आज संक्रमण पुष्टि भएका ३१ मध्ये ७ जना अस्पताल आईपुगेका चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले बताउनुभयो । आजका संक्रमितमध्ये बाँकी २४ जना स्थानीय पालिकाकै संयोजनमा आजै अस्पताल आईपुग्ने छन् । योसँगै यहाँको आईशोलेशनमा बस्नेको संख्या ८७ पुग्छ । 

संक्रमितका लागी भनेर यहाँ ८८ बेड यसअघि नै तयारी अवस्थामा बनाईएका थिए । आजका ३१ जना संक्रमितलाई यहाँकै आईशोलेशनमा राख्दा तयारी अवस्थामा रहेका बेड भरिने भएपछि थप ३० बेडको प्रबन्ध मिलाईसकिएको डा. पौडेलले जानकारी दिनुभयो । 



डा. पौडेलका अनुसार कोभिड १९ जिल्ला अस्थायी अस्पतालका रुपमा प्रयोगमा ल्याईएको प्राकृतिक चिकित्सालयमा आवश्यकता अनुसारको आपुर्ति ब्यवस्थापन मिलाउन बनेको समितिले तत्कालका लागी ३० वेडको प्रबन्ध मिलाउने निर्णयसँगै खाट–झुलसहित बेडमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीको ब्यवस्था भईसकेको छ । 


यहाँ कोभिड १९ संक्रमण पुष्टि भएर आईशोलेशनमा बसेकाहरु यहाँबाट पाएको सबै खाले सुबिधाबाट सन्तुष्ट रहेको र खुशी रहेको संक्रमितहरु नै बताएका छन् । संक्रमितमध्येबाटै २ जना समूह नाईके बनाएर भित्रको गतिबिधिका बारेमा जानकारी लिने ब्यवस्था मिलाईएको छ । उनीहरुको स्वास्थ्य लगायत गुनासा, समस्याको अवस्थाका बारेमा मोवाईलमार्फत जानकारी लिने र समस्या समाधान गरिने गरेको बताईएको छ । 

प्रत्येक ब्यक्तिलाई ब्यक्तिगत सरसफाईका सामाग्री टवेल, साबुन, ब्रस, मञ्जन उपलब्ध गराएको छ । 

प्राकृतिक पद्धतिबाटै प्रतिरोधात्मक शक्ति बृद्धि गराई कोभिड १९ संक्रमणबाट छिटो मुक्त हुन सकिने हुदा शरीरमा रोग–प्रतिरोधात्मक क्षमता बढाउने खालका जडीबुटी, मह, कागती सेबन गर्न यस्ता बस्तु उपलब्ध गराएको छ । 

खानपानमा समेत सोधेरै उनीहरुको ईच्छा अनुसार नै दैनिक २ पटक नास्ता र २ पटकको खाना, शुद्ध शाकाहारी खाना दिदै आएको डा. पौडेलले बताउनुभयो । 

दैनिक खाना नास्ताको तालिका नै तयार गरेर ब्यवस्था मिलाईएको छ । खानामा अत्यन्त लाभदायक कोदो, फापरको रोटी, उमारेका गेडागुडी लगायत मिनरल्स, प्रोटिनजन्य परिकारहरु  समेत उपलब्ध गराउने गरेको छ । 

आईशोलेशनमा बसेकाले शुद्धिकरण गरिएको फिल्टर खानेपानी, पानी तताउने बिद्युतीय भाँडो, वाफ लिने भाँडो, नाक सफा गर्ने जलनेती प्रयोग गरेका छन् । 

मानसिक तनाव मुक्तिका लागी बिहान, बेलुका र साँझमा समय अनुकुलका योगा–ध्यान, प्रणायाम, अन्य मनोरञ्जनात्क कार्यक्रम, नृत्य, प्रबचन, भजन–किर्तन, आरती लगायतमा सहभागी हुने गरेका छन् । फुर्सदको समयमा सुचना तथा सञ्चारसँग जोडिन र घर परिवारसँग कुराकानी गर्नका लागी सहज होस् भनेर वाईफाईको सुबिधा पाएका छन् ।  


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *