Thursday, June 18, 2020


खगेन्द्र पराजुली, 
४ असार, नवलपुर । 

गण्डकी प्रदेशमा कोरोना भाईरस कोभिड १९ को संक्रमित संख्या ३ सय २४ पुगेको छ ।  आज बिहीबार नयाँ संक्रमित ७७ जना थपिएसँगै संक्रमितको संख्या ३ सय २४ पुगेको हो । आज प्रदेशका ७ जिल्लाका ७७  जनामा संक्रमण पुष्टि भएको छ । 

आज प्रदेशको थप १ जिल्ला मनाङमा संक्रमित पुष्टि भएसँगै गण्डकी प्रदेशका १० जिल्लाका मानिसमा संक्रमण देखिएको छ । गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा भने संक्रमित फेला परेका छैनन् । मनाङमा १ जनामा संक्रमण पुष्टि भएको छ ।  

ती संक्रमित मनाङको एक पालिकाका कर्मचारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीले बिज्ञप्तिमा उल्लेख गरेको छ । संक्रमित कपिलबस्तुबाट मनाङ आएका हुन् । 

यस्तै, आज संक्रमित पुष्टि हुनेमा मनाङका १ सहित, नवलपुरका ३१ जना, गोर्खाका ११ जना, तनहुँका १५ जना, पर्वतका ९, स्याङजाका  ९ जना र बाग्लुङका १ जना छन् । संक्रमितमध्ये ४ जना महिला छन् । स्याङजाका २, गोर्खाका एक र पर्बतका एक महिलामा संक्रमण देखिएको छ । 

मनाङका संक्रमित बाहेक सबै बिभिन्न मितिमा भारतवाट आई स्थानीय कवारेन्टाईनमा रहेकाहरु हुन् । 
संक्रमित सबैलाई जिल्लाका आईशोलेसनमा लैजाने तयारी भैरहेको छ । 

आज स्वास्थ्य निर्देशनालयले ३ पटक बिज्ञप्ति जारी गरी संक्रमितको तथ्याङ्क अद्यावधिक गरेको छ । 
बिहान ५ बजेर ४५ मिनेटमा पहिलो बिज्ञप्तिमार्फत ४२ जना, ८ बजे दोस्रो बिज्ञप्तिमार्फत ५ जना र ९ बजे तेस्रो बिज्ञप्तिमार्फत ३० जना गरी ७७ जना नयाँ संक्रमित थपिएको उल्लेख गरेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *