खगेन्द्र पराजुली,
४ असार, नवलपुर ।
नवलपुरमा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि हुनेको संख्या ९७ पुगेको छ ।
पोखरा प्रयोगशालामा परिक्षण भएका यहाँका ३० जनामा र भरतपुरको प्रयोगशालामा परिक्षण भएका १ जनामा गरी नवलपुरमा आज संक्रमण हुनेको संख्या ९७ पुगेको हो ।
आज मध्यबिन्दुका १७ जना, हुप्सेकोटका ९ जना र बिनयी त्रिबेणीका ४ जना तथा गैंडाकोटका १ जनामा संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेहरु सबै स्थानीय सामुदायिक क्वारेन्टिनमा बसेकाहरु हुन् । अहिले सम्बन्धित पालिकाको क्वारेन्टिनबाटै उनीहरुलाई जिल्लाको आईशोलेसन प्राकृतिक चिकित्सालय रजहर लैजाने तयारी छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment