खगेन्द्र पराजुली,
४ असार, नवलपुर ।
नवलपुरमा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि हुनेको संख्या ८४ पुगेको छ ।
पोखरा प्रयोगशालामा परिक्षण भएका यहाँका १७ जनामा र भरतपुरको प्रयोगशालामा परिक्षण भएका १ जनामा गरी आज १८ जनामा संक्रमण पुष्टि भएसँगै नवलपुरमा संक्रमण हुनेको संख्या ८६ पुगेको हो ।
आज मध्यबिन्दुका १७ जनामा र गैंडाकोटका १ जनामा संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेहरु सबै स्थानीय सामुदायिक क्वारेन्टिनमा बसेकाहरु हुन् । अहिले सम्बन्धित पालिकाको क्वारेन्टिनबाटै उनीहरुलाई जिल्लाको आईशोलेसन प्राकृतिक चिकित्सालय रजहर लैजाने तयारी छ ।
आज पोखरामा परिक्षण भएका मध्यबिन्दुका ४० स्वावमध्ये २३ स्वाव नमूना र भरतपुरमा जाँच भएका गैंडाकोटका ३१ नमूनामध्ये ३० नमूना नेगेटिभ देखिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment