खगेन्द्र पराजुली,
३ असार, नवलपुर ।
पोखरा प्रादेशिक प्रयोशालामा १ सय ३६ र भरतपुरको प्रयोगशालाका ५२ गरी आज एकैदिन १ सय ८८ स्वाव परीक्षणको नतिजा प्राप्त भएको छ ।
एकजना पालिका नखुलेका भनिएका संक्रमित समेत हुप्सेकोटका भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज मात्रै संक्रमित हुनेमा हुप्सेकोटका १८, १९ र २० बर्षका किशोर क्रमश ३, २ र ३ जना, २४ बर्षका २ जना युवकमा र २१, २३, २७, ३५ र ३६ बर्षका युवकमा छन् । यस्तै मधयबिन्दुका १६ बर्षका किशोर र ३० बर्षका युवकमा संक्रमण देखिएको छ ।
संक्रमित सबै क्वारेन्टाईनमा बसेकाहरु हुन् ।
अहिले संक्रमितलाई रजहरस्थित मध्यबिन्दु जिल्ला अस्थायी कोभिड अस्पताल अन्तर्गत सामुदायिक प्राकृतिक चिकित्सालयको आईशोलेशनमा लैजनाने तयारी भईरहेको छ ।
यस्तै आजै भरतपुर प्रयोशालामा परिक्षण भएर आएको देबचुलीका ५२ स्वाव नमूना सबै नेगेटिभ छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment