Wednesday, June 17, 2020


खगेन्द्र पराजुली, 
३ असार, नवलपुर । 

आज बुधबार एकैदिन नवलपुरका १७ जनामा संक्रमण पुष्टि भएको छ । 

नवलपुरमा आज एकैदिन सबैभन्दा धेरै संक्रमित पुष्टि भएको छ । 

योसँगै नवलपुरमा मात्रै कोभिड १९ को संक्रमण ६६ जनामा पुष्टि भएको छ ।

पोखरामा हिजो परीक्षण भएका नवलपुरका १ सय ३६ स्वाव नमूनामध्ये १७ जनामा आज बुधबार संक्रमण पुष्टि भएको हो । 

संक्रमित हुनेमा नवलपुरको हुप्सेकोटका १४ जना, मध्यबिन्दुका २ जना, र नवलपुरकै पालिका नखुलेका १ जना छन् । 

प्रादेशिक प्रयोगशाला पोखरामा नवलपुरको हुप्सेकोटका २९ स्वाव, बुलिङटारका ७० स्वाव, मध्यबिन्दुका ३६ स्वाव र पालिका नखुलेका १ जनाको  गरी जम्मा १ सय ३६ स्वाव नमूना परिक्षण भएका हुन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *