Wednesday, June 17, 2020


खगेन्द्र पराजुली, 
३ असार, नवलपुर । 

गण्डकी प्रदेशमा कोरोना संक्रमण भए नभएको परिक्षण गर्ने प्रणालीमा तालमेल मिलाउन नसक्दा यहाँको परिक्षण ब्यवस्थित हुन नसकेको सर्बत्र टिप्पणी हुन थालेको छ । 

यहाँ भारत लगायतका संक्रमण जोखिम स्थलबाट आएकालाई क्वारेन्टाईनमा राखी क्वारेन्टाईन बसेको ७ दिनपछि कोरोना परीक्षणका लागी स्वाव संकलन गरी नेगेटिभ आएमा १४ दिन क्वारेन्टाईन अवधि पुरा गराई डिस्चार्ज दिने तर पोजेटिभ आएमा पुष्टि हुनासाथ संक्रमितलाई आईशोलेसनमा रिफर गर्ने भन्ने स्पष्ट छ ।

यद्यपि, जिल्ला–जिल्लाबाट कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागी स्थानीय सरकारदेखी सरोकारवाला निकाय जिल्ला, नगर, गाउँका स्वास्थ्य कार्यालय, कोभिड १९ रोकथाम तथा ब्यवस्थापन केन्द्र (सीसीएमसी, डिसीसीएमसी) लगायतले गरेको पहलकदमी  प्रदेश प्रयोगशालाको प्रिजमा थन्किएको स्वाव नमूनाले काम गरेको नगर्यै भएको छ । 

पोखरा पठाईएका नवलपुरका स्वाव १४ दिनसम्म पोखराको ल्यावमै थन्किएर बसेका छन् । 

यहाँको देबचुली नगरपालिकाबाट जेठ २२ गते संकलन गरी पठाईएका स्वावमध्ये बिस्तावन्दीमा परीक्षण भएर आएमध्ये अझ ४ स्वाव नमूनाको रिपोर्ट आएको छैन । 

यस्तै, मध्यबिन्दु नगरपालिकाको २३ गतेको ९ वटा स्वावको रिपोर्ट पनि आउन बाँकी छ । 

पोखरामा मात्रै नवलपुरका सबै आठ वटै पालिकाका ५ सय ३६ स्वाव नमूना परिक्षण नभई थन्किएका छन् । 

जिल्ला स्वास्थय कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले यसरी स्वाव नमूना परिक्षण नभई थन्किदा तनाव बढेको बताउनुभयो । वहाँले क्वारेन्टाईनमा बसेका नागरीकको स्वास्थ्यप्रति जिम्मेवार बन्न नसकेको टिप्पणी स्थानीय स्तरबाट जोडदारले उठेको बताउनुभयो । 

वहाँले आफुहरु स्थानीय स्तरमा परीक्षणको दायरा फराकिलो बनाउन लागिपरे पनि पछिल्लो समय केही नगरेको झै भएको समेत गुनासो गर्नुभएको छ । 

वहाँले परिक्षण गर्न नभ्याउने भए नवलपुरका स्वाव फिर्ता गर्न समेत भनेको बताउनुभयो ।

यस्तै, यहाँका प्रत्येक पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले क्वारेन्टाईनमा बसेकाहरुलाई सम्झाउन नसकेको गुनासो गरेका छन् । 

गत जेठ १० गतेदेखि क्वारेन्टाईनमा बसेकाहरुको रिपोर्ट नआउँदा उनीहरुमा पनि मानसिक तनाव उत्तिकै बढ्नु स्वभाबिक भएको भन्दै क्वारेन्टाईनमै आन्दोलन गर्न थालेकाले सम्हाल्न गाह्रो भएको शाखा प्रमुखहरु बताउँछन् । 

त्यस्तै, २ हप्तासम्म पनि नतिजा नआउँदा एउटै क्वारेन्टाईनमा बसेकामध्ये कसैलाई संक्रमण पुष्टि भएमा नेगेटिभ आएकालाई पनि पछिल्लो सम्पर्कले संक्रमण हुन सक्ने खतरा पनि उत्तिकै देखिने हुदा आफुहरु तनावमा भएको बताएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *