Tuesday, June 16, 2020


देबभूमी खवर–
२ असार नवलपुर । 

मध्यविन्दु नगरपालिकाको क्वारेन्टाईनमा बसेका नगरपालिकाकै नागरीकले आफुहरु असुरक्षित भएको गुनासो गरेका छन् । 

कोरोना रोकथाम र नियन्त्रणमा ठूलो मात्रामा बजेट छुट्याए पनि उचित ब्यवस्थापन नहुदा कोरोना भन्दा पनि अरु नै संक्रमण वा सर्पको डसाईले दुर्घटना निम्तिने खतरा बढेकोले आफुहरु असुरक्षित रहेको बताएका छन् । 

मध्यबिन्दु ३ मा नगरपालिकाले स्थापना गरेको सामुदायिक क्वारेन्टाईनमा बसेकाहरुले झुल समेत पाउन नसकेको गुनासो गरेका हुन् । 

उनीहरुले झुल नहुदा एकातिर लामखुट्टेको टोकाईवाट औलो, डेंगु, स्क्रव टाईपस जस्ता खतरनाक संक्रमणको जोखिम उत्तिकै रहेको बताएका छन् । त्यस्तै यहाँ अहिले गोमन, करेत लगायतका सर्पहरुको बिगबिगी पनि रहेकाले झुल हुने हो भने राती ढुक्कले सुत्न सकिने समेत उनीहरुको भनाई छ । 

इटौरामा रहेका जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा १६ जना बसेका छन् । तीमध्ये ६ जनालाई मात्र झुल दिईएको वडाध्यक्ष  अंमर बहादुर महतोले बताउनुभयो । 
वडाध्यक्ष महतोले समेत नगरपालिकामा पटक पटक यहाँको समस्या देखाउँदा र अत्यावश्यक सामाग्रीको माग गर्दा पनि नपाएको गुनासो गर्नुभयो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *