Tuesday, June 16, 2020


खगेन्द्र पराजुली, 
२ असार, नवलपुर । 

आज मंगलवारसम्म नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । आजसम्म ६ हजार ९२ जना पुरुष र ४ सय ९९ जना महिलामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये ११७ जनाले डिस्चार्ज पाएका छन् । 
आज डिस्चार्ज हुनेमा पुरुष १ सय ९ जना र महिला ८ जना रहेका छन् । अहिलेसम्म १ हजार १ सय ५८ जना डिस्चार्ज भएका छन् । 

संक्रमितमध्ये हालसम्म १९ जनाको ज्यान गएको छ । 

अहिलेसम्म ७७ जिल्लामध्ये ७३ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ । 

अहिलेसम्म आरडी पिसीआर १ लाख ४३ हजार ७ सय ३७ र आरडीटी २ लाख २३ हजार ५ सय १९ नमूना परीक्षण भएको जनाईएको छ । अहिलेसम्म देशभरका क्वारेन्टाईनमा १ लाख ३३ हजार नौ जना र आईशोलेसनमा ५ हजार ५ सय ३१ जना रहेको जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *