Thursday, July 11, 2019


खगेन्द्र पराजुली 
देबचुली, २६ असार, 
देवचुली नगरपालिकाको आयोजनामा नगरभित्रका ज्येष्ठ नागरीक  सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार दलदलेमा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरीक सम्मान गरेको हो । 
कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं १७ का वडा अध्यक्ष तथा नगरका बिषयगत समितिमध्येको एक सामाजिक समितिका संयोजक बिष्णुप्रसाद आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ रहनुभएको थियो । 

कार्यक्रममा १७ बटै वडाका बिपन्न परिवारका ८० बर्ष उमेरमाथीका बृद्ध–बृद्धा ज्येष्ठ नागरीक सम्मान गरिएको थियो । सम्मानका क्रममा नगर प्रमुख पूर्णकुमार श्रेष्ठले कम्वल, छाता, गम्छा एवं पछ्यौरी र नगद ५ सय रुपैया प्रदान गर्नुभएको हो । 
प्रत्येक वडाबाट ६ जना वडाले छनोट गरी सिफारीस भएका बिपन्न ज्येष्ठ नागरीकलाई सम्मान गर्ने भनिए पनि कुनै वडाबाट १–२ जना धेरैको उपस्थिति भएकाले करीव १ सय १० जनालाई सम्मान गरिएको देबचुली नगरपालिकाका प्रबक्ता एवं १३ नम्वर वडाका वडाध्यक्ष डिल बहादुर खत्रीले बताउनुभयो । 
वहाँका अनुसार चालु आर्थिक बर्ष २०७५–०७६ को बजेट र नीति कार्यक्रम अन्तर्गत बिनियोजित २ लाख ५० हजार रुपैयाको रकममध्येबाट कार्यक्रम गरिएको हो । 

कार्यक्रममा देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल एवं वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालनका क्रममा सहजीकरण नगर महिला तथा बालबालिका शाखाकी सहजकर्ता बिद्या पौडेलले गर्नुभएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *