Thursday, July 11, 2019

खगेन्द्र पराजुली
देबचुली, २६ असार
देवचुली नगरपालिकाले अपाङ्गता भएकाहरुका लागी सहयोगी सामाग्री प्रदान गरेको छ । आज नगरपालिका कार्यालयमा आयोजित कार्यक्रम मार्फत  ५ वटा ह्वील चियर र २ जोर बैशाखी प्रदान गरेको हो । 

धौलागिरी अपाङ्ग उत्थान संस्थाको आयोजना तथा देबचुली नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाका बिभिन्न वडाका ५ जनालाई ह्वील चियर र २ जनालाई बैशाखी हस्तान्तरण गरेको धौलागिरी अपाङ्ग उत्थान संस्थाका अध्यक्ष बिष्णुप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका देबचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठले भिन्न क्षमता भएका ७ जनालाई सहयोगी सामाग्री प्रदान गर्नुभएको हो । 

नगरपालिकाबाट प्रदान गरिएको ह्वील चियर प्राप्त गर्नेमा देबचुली नगरपालिका वडा नं. १३ की खिनौरी बोटे, ७ नं. वडाका भीमबहादुर बोहोरा, वडा नं. १४ की माया बस्नेत, वडा नं. ९ का पूर्णचन्द्र कंडेल र १० नम्वरका सौरभ थापा रहेका छन्  भने वडा नं. १५ का तिलप्रसाद ढकाल र ७ नम्वरका उद्बीर गाहालाई एक–एक जोर बैशाखी प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष काफ्लेले बताउनुभयो । 

कार्यक्रममा बिशेष अतिथिका रुपमा रहनुभएका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालले नगरपालिकाले प्रदान गरेको यो सहयोग शुरुवाती मात्र भएको बताउँदै नगरले यो भन्दा भिन्न र प्रभावकारी योजना मार्फत् सघाउने बताउनुभयो । 

कार्यक्रममा वडा नं. १३ का वडाध्यक्ष डिलबहादुर खत्री, १० का केशर आले, १२ का दिनानाथ भुसाल (दिनेश), नगर अपाङ् समन्वय समितिका सदस्य गोमा दवाडी लगायतको उपस्थितिमा  सामाग्री बितरण गरिएको थियो । 
कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष बिष्णुप्रसाद काफ्लेको अध्यक्षतामा तथा नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । 

सामुदायमा आधारित पुनस्र्थापना कार्यक्रम (सीबिआर) अन्तर्गतको नगरको ६६ हजार रुपैंयाको वजेटबाट नगरभित्रका फरक क्षमता भएकाका लागी सहयोगी सामाग्री बितरण गरिएको बताईएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *