नवलपुर, २६ असार
२८ बर्षीय छोरा सम्पर्कमा नआएपछि कोल्हुवाका एक अधिकारी परिवार चिन्तित भएको छ । नवलपुरको मध्यविन्दु–२ कोल्हुवाका सौगात अधिकारी घरवाट हेटौडा जान्छु भनी निस्केको १० दिनसम्म पनि परीवारसँग सम्पर्कमा नआउँदा घरमा रुवावासी छ ।
गत असार १७ गते घरबाट हेटौडा जाने भनेर हिँडेका २८ वर्षीय सौगात अधिकारी सोही दिन साँझ ५ बजे देखी परीवारको सम्पर्कमा नआएको सौगातका बुबा बिष्णु अधिकारीले जानकारी दिनु भयो ।
कावासोतीमा कन्सल्टेन्सी दर्ता गरेर कार्यालयमा फर्निचर्स लगायत डेकोरेशन समेत सकि घरबाट हेटौडा घुम्न भनी हिडेका सौगात सम्पर्क विहीन भएपछि परीवारमा अहिले चिन्ता बढेको हो । सौगातको परीवारमा बुबा, आमा र एक बहिनी छन् ।
बुबा बिष्णु अधिकारीले आफ्नो सामाजीक सन्जाल फेसबुक मार्फत छोरा फर्कने आशामा भावुक शब्दमा लेख्नुभएको छ –मेरो सहारा बनी दिन्छौ भनि आशा हामीले राखेका छौ ,फर्केर चाडै आउछौ भनि बाटो कुरिरहेका छौ ।
आषाढ १७ गते घुम्न भनि हेटौडा गएका सौगात सोही दिन ५ बजे देखी उनको अवस्था बारे अनभिज्ञ भएकाले घरमा रुवावासी को अवस्था सृजना भएको छ ।
आफन्त लगायत जान–पहिचानमा गर्नुपर्ने सोधखोजबाट समेत कुनै संकेत नआउँदा चिन्ता अझ थपिएकोले सर्बसाधारण नागरीकबाट समेत सहयोगको अपेक्षा गर्दै कही कतै सौगातको अवस्थाको बारेमा जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवार निकट मोवाईल नम्वरहरु ९८४७२५३७७६, ९८६७८५६१४२, ९८०१०८६४२६, ९८१८५५६५६३ मा सम्पर्क गरी सहयोग पुर्याईदिनुहुन परिवारले अनुरोध गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment