खगेन्द्र पराजुली
नवलपुर, २६ असार
चुडिएको विजुलीको तारबाट करेन्ट लागेर ज्यान गएको भन्दै बिद्युत प्राधिकरण कावासोतीमा स्थानीय डेलिगेसन गएका छन् । हिजो बुधवार दिउँसो करीब ४ वजेतिर मध्यबिन्दु नगरपालिका वडा नम्वर ३ व्रम्हस्थानको जुडेनी घोल नजिकको बिजुलीको पोलबाट चुडिएर भुईमा लत्रिएको तार छुनपुग्दा एक पुरुषको ज्यान गएको थियो ।
मध्यबिन्दु नगरपालिका वडा नम्वर ३ लेडाहाका कर्ण बहादुर कुवरका ४९ बर्षिय छोरा खड्क बहादुर कुवरको गाई भैसी चराउने क्रममा हिड्ने बाटोमा दुबै हातले तार पन्छाउन खोज्दा करेन्ट लागेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार मृतक खड्काको हातमा रहेको गाई–भैसी खेद्ने लठ्ठी र तार सँगै मुठ्ठीमा समाहित भएको अवस्थामा शव भेटिएको बताएका छन् ।
उता आज कार्यालय खुले लगत्तै स्थानीयले बिद्युत प्राधिकरण कार्यालय कावासोती केन्द्र प्रमुख राजीब कुमार शर्मासमक्ष डेलिगेसनका रुपमा पुगेको वडाध्यक्ष सहितको टोलीले मृतकलाई उचित क्षतिपुर्ति र चुडिएको तार लगायतको मर्मत गर्न अनुरोध साथ भेटवार्ता गरेको छ ।
संस्थागत रुपमा केन्द्र प्रमुख शर्मा र पिडितपक्षका स्थानीयबीच भएको संबादमा केन्द्र प्रमुख शर्माले आफू यस घटनाबाट अत्यन्तै दुखी भएकोले स्थलगत निरीक्षण समेत गर्दा यस घटनामबाट पिडित हुन पुग्नुभएका कुवरको परिवारलाई छिटो भन्दा छिटो नियम बमोजिम पाउने क्षतिपुर्तिको रकम उपलब्ध गराउन लाग्ने बताउनुभयो । वहाँले क्षेत्रिय कार्यालयमा समेत कुरा भैसकेको बताउँदै मृतकको हकमा आउने क्षतिपुर्तिको रकम ५ लाख रुपैया उपलब्ध गराउन मौखिक आश्वासन दिनुभएको छ ।
बार्तामा बस्नुभएका स्थानीयबासी बद्रीनाथ नेपालले अहिले केन्द्र प्रमुखको सकारात्मक अभिब्यक्ति पछि आफूहरु शव बुझ्ने तर्फ लाग्ने तयारी गरेको बताउँदै आफूहरुले संस्थागत रुपमा लिखित आश्वासन मागेको तर मौखिक रुपमा भएको सहमति अनुरुप कर्मचारी सरुवा आदिका बहानामा ढिलासुस्ती वा आनाकानी भएमा पछि नै कसरी जाने भन्नेमा सल्लाह गरिने बताउनुभयो ।
डेलिगेसन पश्चात प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको शव आफन्तले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment