Friday, July 12, 2019


खगेन्द्र पराजुली
नवलपुर, शुक्रबार, २७ असार
नवलपुरको कावासोती १४ डण्डा स्थित भित्री सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराती डण्डास्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको नम्वर नखुलेको सवारी साधनले बिपरीत दिशाबाट साईकलमा आउँदै गरेका तुलसीराम थनेतलाई ठक्कर दिएको स्थानीयले बताएका हुन् । 
कावासोती नगरपालिका वडा नम्वर १४ डण्डा निवासी ५६ बर्षीय थनेतलाई उपचारका लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकृत अर्जुन रानाभाटले जानकारी दिनुभयो । घटनाका बिषयमा अन्य अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । 
त्यस्तै, पूर्व पश्चिम लोकमार्ग अन्तर्गत चोरमारा र अरुणखोलाबीचमा बेवारिसे पुरुषको शव फेला परेको छ । 
आज बिहान अन्दाजी ६ बजेतिर  मध्यबिन्दु नगरपालिका वडा नम्वर ११ स्थित मुख्य सडकको बीच  भागमै मधेसी मुलको जस्तो देखिने २५–३० बर्ष हाराहारीको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाटका अनुसार घटनाको अनुसन्धान भैरहेको बताउँदै मृतकको शवको प्रकृति हेर्दा टाउको, पेट लगायतका अंगमा लागेको चोटका कारण सवारी साधनका माध्यमवाट घटना भएको हुन सक्ने आशंका रहेको वताउनुभयो ।  अहिले दुबै शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा रहेको प्रहरीले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *