खगेन्द्र पराजुली
नवलपुर, शुक्रवार, २७ असार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय कमिटि सदस्य एवं नवलपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने संघीय साँसद तिलक महतलाई मातृशोक परेको छ । आज (शुक्रवार) साँसद महतकी ममतामयी माता नन्दकली महतको दुखद निधन भएको हो ।
८२ बर्षीया माता नन्दकली महतको काठमाण्डौंस्थित अस्पतालमा उपचारका क्रममा आज स्वर्गारोहण भएको परिवार श्रोतले जनाएको छ । अहिले काठमाण्डौवाट स्वर्गीय माताको पार्थीव शरीर घरमा ल्याउँदै गरेको जनाईएको छ । पारीवारिक स्रोतका अनुसार स्वर्गीय माता नन्दकली महतको अन्तिम संस्कार भोली नै गरिने समेत जनाईएको छ ।
अन्तिम संस्कार गर्नुपूर्व नवलपुर स्थित कावासोतीको थकालीचोकमा वहाँकै निवासमा अन्तिम श्रद्धाञ्जलीका लागी वहाँको पार्थीव शरीर राखिने नेकपा नवलपुरले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment