खगेन्द्र पराजुली
नवलपुर, शनिवार, २८ असार
नवलपुरमा दिगो बिकासका लक्ष्य कार्यान्वयन विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । आज कावासोतीमा दिगो बिकासका लक्ष्य कार्यान्वयनमा कार्यालय तथा संघसंस्थाहरुको भूमिका र साझेदारी बिषयमा अन्तरक्रिया भएको हो ।
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा नवलपुरको आयोजना तथा कोपिला नेपाल पोखरा नामक संस्थाको सहकार्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका उप–प्रमुख शारदा बिश्वकर्मा प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि बिश्वकर्माले कार्यक्रम सफलताको शुभकामना मन्तब्यका क्रममा अन्तराष्ट्रिय उद्योग धन्दाले हाम्रो बातावरण बिगारेको बताउनुभयो ।
वहाँले दिगो बिकासका निम्ति सुचकांक आफ्नै भौगोलिक, आर्थिक, सामाजिक अवस्था अनुरुप तय गर्नुपर्ने बताउँदै भन्नुभयो– अमेरिकाको दिगो बिकासको अवधारणाले नवलपुरमा हुदैन, नवलपुरको कावासोतीको अवधारणाले बुलिङटारलाई पनि हुदैन ।
अन्तरक्रिया कार्यक्रममा शुभकामना भनाई राख्ने क्रममा नवलपुर जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले सन् २०००सँगै शुरु भएको एक्काईसौ शताब्दीबाट बिश्वका १ सय ८९ राष्ट्रले लिएको सहस्राब्दी बिकासका लक्ष्य बिकसित हुदै अहिले दिगो बिकासका लक्ष्यका साथ अगाडि बढेको सन्दर्भमा यसले गरेका प्रतिबद्धताले उपलब्धि हासिल गर्दै गएको दावी गर्नुभयो ।
ईकाई प्रमुख पोख्रेलले सहस्राब्दी बर्ष शुरु हुनुपूर्व नेपालमा ६४ प्रतिसत मात्र बालबालिका बिद्यालयमा भर्ना थिए भने अहिले यसको प्रतिसत ९७ पुगेको जिकिर गर्नुभयो । वहाँले नवलपुरमा अपाङ्गता सम्वन्धि छुट्टै लेखाजोखा केन्द्र रहेको बताउँनुभयो । वहाँले सचेतनाका कारण अभिभावकमा आफ्नै सन्तानको अपाङ्गताको अवस्था लुकाउने समस्या रहेको बताउनुभयो ।
अन्तरक्रियात्मक कार्यक्रममा डिएल्आरएका सल्लाहकार प्रकाशराज वाग्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता गैरसरकारी संस्था महासंघ नवलपुरका अध्यक्ष बद्रि नेपालले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला र स्थानीय स्तरका सरकारी र गैर सरकारी संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरु गरी करीब ५० जनाको उपस्थिति रहेको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment