खगेन्द्र पराजुली
१ श्रावण,नवलपुर
गण्डकी प्रदेशका मुख्यमंत्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय कमिटिका सचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टका नेता कार्यकर्तामा अहिले अति आत्म केन्द्रियताबाद हावी हुदै गएको बताउनुभएको छ ।
कम्युनिष्टमा हुनुपर्ने सिद्धान्त र अनुसासनमा ह्रास आउँदै गरेकोप्रति अभिब्यक्ति दिने क्रममा नेकपाका नेता एवं मुख्यमंत्री गुरुङले भन्नुभयो– कम्युनिष्टहरु सामूहिक छलफल र निष्कर्षमा पुग्नुपर्ने हो तर अहिले आ–आफै आत्म निर्देशित भएर अगाडि बढिरहेको छ ।
वहाँले मुलुक गम्भीर रोगबाट ग्रसित भएको अवस्थामा एउटा बिरामीलाई निको पार्न उपचारमा खर्च गरे झैं यसको उपचारका लागी पनि खर्च गर्नुपरेको तर्क अगाडी सार्नुभयो ।
सरकार र पाटीको सम्वन्धलाई ब्यवस्थित गर्दै जनता र सरकारबीचमा पनि नङ र मासुबीचको सम्वन्ध स्थापित गर्नुपर्नेमा सरकार लाग्नुपर्ने बताउनुभयो ।
नेता गुरुङले नेपालका कम्युनिष्टहरुले नजिकैको भारतको पश्चिम बंगालको कम्युनिष्ट इतिहास बुझ्न जरुरी रहेको भन्दै कम्युनिष्टको आफ्नै आचरणका कारण ३६ बर्षसम्म शासन चलाएको ठाउँमा अहिले १–२ सिटमा चित्त बुझाउनुपरेको यथार्थ प्रस्तुत गर्नुभयो ।
सरकारको बचाउमा सरकार खतमै भएको वा परिवर्तन गर्नुपर्ने स्थितिमा नपुगेको दावी गर्दै संघीय ब्यवस्थासँगै थुप्रै चुनौतीहरु रहेका छन् वहाँले भन्नुभयो–ब्रिटिस लिगेसीले हुर्काएको कर्मचारीतन्त्र हाबी छ बदल्नुपर्छ , अहिलेको परिस्थिति अनुसार सेना प्रहरीमा परिवर्तन गर्नुपर्छ ।
वहाँले अहिले संघीयता पुरै क्षमता र सामथ्र्य प्रयोग गर्ने स्थानसम्म नपुगेको भन्दै बिविधता भित्र एकता भएको शासन प्रणाली संघीयता भएको बताउनुभयो । वहाँले संघीयतालाई प्रयोगको नभई संमृद्धिको थलो बनाउने बताउनुभयो ।
आज कावासोतीमा नवलपुर क्षेत्र नं. २ का संघीय सांसद तथा नेकपा केन्द्रिय कमिटि सदस्य तिलक महतलाई परेको मातृशोकमा आयोजित शोक सभामा बोल्नेक्रममा मुख्यमंत्री गुरुङले तत्कालीन अवस्थामा आमा नन्दकली महत लगायत धेरै आमाहरुले भूमिगत अवस्थामा नेता कार्यकर्ताको संरक्षणमा पुर्याएको योगदान स्वरुप पार्टी अहिले यो अवस्थासम्म आइपुगेको बताउनुभयो ।
शोकसभामा गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री बाहेक सबै मंत्रीहरुको उपस्थिति रहेको थियो । सामाजिक बिकास मंत्री नरदेबी पुन मंगलवार नै शोक प्रकट गर्न महतकै निवास पुग्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा प्रदेश नम्वर ५ का भौतिक पूर्वाधार मंत्री बैजनाथ चौधरी लगायत केन्द्रिय, गण्डकी प्रदेश, जिल्ला र स्थानीय मातहत कमिटिका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
नेकपा जिल्ला कमिटि नवलपुरको आयोजनामा छैंठौं दिनको पुण्यतिथिमा आयोजित शोक सभाको अध्यक्षता जिल्ला पार्टी अध्यक्ष एवं प्रदेश सांसद रोशनबहादुर गाहामगरले गर्नुभएको थियो ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment