Thursday, July 18, 2019

खगेन्द्र पराजुली
२ श्रावण, नवलपुर
नवलपुरमा  आत्महत्याको श्रृंखला भयावह रहेको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले आज (बिहीबार) पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको बार्षिक कार्य प्रगति बिबरण पत्रमा उल्लेखित त्रिबर्षिय अपराध दर्ता फर्छौट तालिकाले भयावह अवस्थाको संकेत गरेको हो । 

गत २०७३–०७४ देखि ०७५–०७६ को असार मसान्तसम्मको तीन बर्षका छुट्टा–छुट्टै तथ्याङ्कमा आत्महत्याको न्यूनीकरण खासै  हुन सकेको छैन । ०७३–०७४ मा ९३ जना, ०७४–०७५ मा १०३ जना र ०७५–०७६ मा ९७ जनाले आत्महत्या गरेका छन् । 
गत आर्थिक बर्ष ०७५–०७६ मा झुण्डिएर ८२ जना, बिष सेवन गरी १२ जना, हाम फालेर २ जना र डुबेर १ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरिएको हो । 
कार्यालयले सार्वजनिक गरेको बिवरणमा ०७५–०७६ मा ३५ वटा बिभिन्न फरक–फरक शिर्षकमा ४ सय ७० वटा मुद्धा दर्ता भएकामा ३ सय ४१ फर्छौट भएका छन् भने १ सय २९ मुद्धा फर्छौट हुन बाँकी रहेको जनाईएको छ ।  
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेलले आज कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराउनुभएको हो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *