Saturday, July 6, 2019


खगेन्द्र पराजुली
देबचुली, २१ असार, 
देवचुली नगरपालिका वडा नं. १३ ले एक कार्यक्रमका बीच वडाभित्रका वृद्ध–बृद्धालाई सम्मान तथा क्लवलाई खेलकुदका सामाग्री बितरण गरेको छ । आज चालु आर्थिक बर्षको ज्येष्ठ नागरीक तीर्थ यात्रा शिर्षक वजेटबाट सम्मान तथा खेलकुद सामाग्री बितरण शिर्षक अन्तर्गत रहेर बाल तथा युवा क्लवलाई सामाग्री बितरण गरेको हो  । 

सम्मान एवं बितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले वृद्ध हुनुभएको आमाबुवाहरु हाम्रा आदर्श भएको टिप्पणी गर्दै वहाँहरुको सेवामा सबै सन्ततीको ध्यान जान जरुरी रहेको वताउनुभयो । नगर प्रमुख श्रेष्ठले खेलकुद बिशेष गरेर वालबालिका तथा युवा तथा किशोरीहरुको निम्ति अनुशासित र स्वस्थ रहन पनि आवश्यक रहेको भन्दै नगरपालिकाले युवा तथा खेलकुदका क्षेत्रमा उल्लेख्य लगानी गरेको दावी गर्नुभयो । 

कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएका वडा नम्वर १३ का वडाध्यक्ष डिलबहादुर खत्रीले वडाको वजेटबाट गरिएको यो सम्मान र खेलकुद सामाग्री बितरणले झट्ट हेर्दा र सुन्दा केही नहुने भए पनि यसको मनोगत प्रभाव पर्ने वताउँदै बृद्ध सम्मानले अभिभावकप्रति गर्नुपर्ने नैतिक जिम्मेवारीप्रति सचेतना दिने धारणा राख्नुभयो । वहाँले युवा तथा बालक्लवका उपस्थित प्रतिनिधिलाई आग्रह गर्दै भन्नुभयो– अहिले तपाईहरु मोवाईल, नेट र फेसबुकमा भुल्ने बानी पर्नुभएकोछ,  यो ठीक होईन, यहाँ खेल मैदान बनिसकेको छ आफ्नो स्वास्थ्य ठीक राख्न पनि खेलकुदमा ध्यान दिनुहोस् ।  अधिक मात्रामा मोवाईल, फेसबुक र इन्टरनेटमा हराइरहदाँ बिश्वसँग नजिकिए पनि समाजसँग टाढिएको वहाँको तर्क थियो । 
कार्यक्रममा वडाभित्र ७० वर्ष देखि माथीका ९९ जना बृद्ध–बृद्धा रहेकोमा उपथित ८७ जनालाई टीका र दोसल्लाले सम्मान गर्दै हर्लिक्स र ग्लुकोज प्रदान गरिएको हो भने वडाका ९ वटा बाल क्लव र २ युवा क्लवलाई खेलकुदका सामाग्री बितरण गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो । 
वडाध्यक्ष खत्रीले चालु आर्थिक वर्ष २०७५–०७६ को खेल मैदान तथा खेलकुद सामाग्रीको ३ लाख बजेटमध्ये २ लाख ५० हजार रुपैयाँले कुमारवर्ती खेल मैदान स्तरोन्नती गरेको र बचेको ५० हजार रुपैंयाले खेलकुदका सामाग्री वाँडेको बताउनुभयो । त्यस्तै, चालु बर्षकै बजेट ज्येष्ठ नागरीक तीर्थ यात्रा मध्येको १ लाख रुपैंयाले बृद्ध–बृद्धा सम्मान गरेको वताउनुभयो । शारीरीक अशक्तता र उमेरका कारणले उपस्थित हुन नसकेर आज सम्मानित हुन नसकेका १२ जना ज्येष्ठ नागरीकलाई घरमै पुगेर सम्मान गरिने समेत वताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *