Saturday, July 6, 2019


खगेन्द्र पराजुली
२१ असार, कावासोती

महिला शसक्तिकरणका लागी हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम बिकल्प भन्ने आदर्श बाक्यका साथ नवलपुरको कावासोतीमा महिला खेलाडी लक्षित क्षमता अभिबृद्धि कार्यक्रमको पहिलो दिनको उद्घाटन सहित प्रशिक्षण सत्र शुरु भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा जिल्ला खेलकुद बिकास समिति नवलपुको समन्वयमा आज (शनिवार) आयोजित कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष बिकास केसीको अध्यक्षतामा भएको होे । 

क्षमता अभिबृद्धि कार्यक्रमको उद्घाटनमा बोल्दै शिक्षा ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले किशोरीहरुका लागी खेलकुद कार्यालयले गरेको यस्तो कार्यक्रम उदाहरणीय रहेको भन्दै किशोरी छात्राहरुले तालिम पश्चात आफ्नो सुरक्षाका लागी आफू स्वयं नै रक्षात्मक हुन सक्ने बिश्वास आफूले राखेको बताउनुभयो । 
कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला खेलकुदका अध्यक्ष बिकास केसीले देशका बिभिन्न ठाउँहरुमा किशोरीहरुमाथी हुने गरेका हिंसा लगायत दुब्र्यवहारका घटनासँगै नवलपुरमा समेत छिटफुट घटनाहरु हुने गरेकाले यो तालिम पश्चात् आफूले सिकेको ज्ञान र सीप आ–आफ्ना बिद्यालयका साथै समाज र टोलमा समेत सिकाउन सहभागीलाई आग्रह गर्नुभयो । 

अध्यक्ष केसीले यो तालिमले आत्मबलमा बिकास गर्नुका साथै केही प्रयोगात्मक क्रियाकलापहरु समेत हुने हुदाँ यो क्षमता आफूमा राखिराख्न पनि साथी सर्कलमा सिकाउनाले आफ्नो प्रतिभामा बिकास हुदै जाने र अर्को साथीले आत्मरक्षाको ज्ञान हुने वताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकद्धय अर्जुन रोका र रुवी डंगोलले प्रशिक्षण दिनुभएको छ भने उद्घाटनमा जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष भुमिश्वर भुसाल(राजु), सदस्यहरु श्रीराम सुबेदी, निराजन महतो लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीका रुपमा जिल्लाभरका १५० किशोरी छात्रा बिद्यार्थीको उपस्थिति रहेको छ । 


किशोरीहरुका लागी लक्षित गरि आयोजना गरिएको कार्यक्रम जिल्लाका बिद्यालयले छनोट गरि पठाएका किशोरी बिद्यार्थीका लागी आत्म रक्षात्मक प्रशिक्षण मार्फत् आत्म बलमा उत्प्रेरणा जगाउने उदेश्यले आयोजना गरिएको तालिम भोलिसम्म चल्ने जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *