Saturday, September 12, 2020


खगेन्द्र पराजुली, 
२७ भदौ । 

स्याङजाका एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ भने स्याङ्जामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । 
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जारी गरेको बिज्ञप्तिमा स्याङ्जा पुतलीवजार १ का ८५ बर्षका बृद्धको उपचारका क्रममा मृत्यु भएको हो । 
भदौ २४ गते कोभिड पोजेटिभ पुष्टि भई प्रतिष्ठानको उपचार केन्द्रको आईसीयुमा उपचाररत बृद्धको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.अर्जुन आचार्यद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ ।
प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोना संक्रमण कारण मृत्यु हुने  ती पुरुष दशौ संक्रमित हुन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *