Wednesday, September 16, 2020

खगेन्द्र पराजुली
३१ भदौ, नवलपुर । 

गण्डकी प्रदेशको पछिल्लो अद्यावधिक बिवरणमा कोभिड १९ का कुल संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ । 

यस्तै, प्रदेशभरी डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय २६ पुगेको छ । 

गण्डकी प्रदेशका २ वटा हिमाली जिल्ला मुस्ताङ र म्याग्दी अहिले संक्रमणमुक्त बनेका छन् । 
गण्डकी प्रदेशको ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । 

अहिलेसम्म कास्कीका ११, गोर्खाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङजाका ३, म्याग्दी र बाग्लुङका १–१ जना गरी ३१ जनाको मृत्यु भएको छ । 

आज बिहान प्रदेशले अद्यावधिक गरेको बिवरणमा कास्कीका २९, तनहुँका ५, बाग्लुङका ३ र गोर्खाका १३ जना गरी ९३  जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै, गोर्खाका २४ जना संक्रमणमुक्त भएर घर फर्किएसँगै निको हुनेको संख्या १ हजार ९ सय २६ पुगेको हो । 

प्रदेशका ११ जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९ रहेको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *