Wednesday, September 16, 2020

खगेन्द्र पराजुली, 

३१ भदौ, नवलपुर । 

गैडाकोट नगरपालिकामा प्रेमीसँगको मिलेमतोमा हत्या भएको १४ महिनापछि मानव कंकाल फेला परेको छ । गैंडाकोट–१८ का ४० वर्षीय धनबहादुर सुगुरपार्कको कंकाल प्रहरीले उत्खनन् गरेर निकालेको हो ।

३८ वर्षीया श्रीमती फुलमाया सुगुरपार्कले गैडाकोटकै मेखबहादुर सुनारीसँगको मिलेमतोमा श्रीमानको हत्या गरी शव लुकाएको प्रहरीको प्रारम्भिक अनुसान्धानका क्रममा खुलेको छ । लामो समयसम्म धनबहादुर सम्पर्कबिहिन थिए । फुलमायाका गतिविधि पनि शंकास्पद देखिएपछि प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा र फुलमायाको बयानका आधारमा उनका प्रेमी मेखबहादुर सुनारीलाई समेत पक्राउ गरी शव लुकाइएको स्थानमा खोजतलास भएको हो । घरदेखि करिब १ किलोमिटर टाढा सुन्दरी सामुदायिक वन क्षेत्रबाट सोमबार राति कंकाल निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट  १० दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *