Wednesday, September 16, 2020

खगेन्द्र पराजुली, भदौ ३१, नवलपुर । 

बिद्यालयको कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने ३ जना किशोर पक्राउ परेका छन् । 

नवलपुरको गैंडाकोटको महेन्द्र स्मारक आधारभुत विद्यालयबाट कम्युटर र प्रोजेक्टर चोरी गरेका गैंडाकोटकै ३ जना किशोरहरु पक्राउ परेका हुन् । 

सोमवार विहान बिद्यालयमा चोरी भएको स्थलगत मुचुल्का तयार गरी अनुसन्धान थालेको प्रहरीले सोही दिन चोरी भएको सामान सहित पक्राउ परेका तीनै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत नवलपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी  अनुसन्धान थालेको छ । 

पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका वडा नं. २ का १९ बर्षका एलिस तामाङ  १८ बर्षका सन्दिप नेपाली र सुजन नेपाली छन् । 

उनीहरुले चोरी गरेका सामान ३ थान कम्प्युटरको सिपीयु, ३ थान एलसीडी र १ थान प्रोजेक्टर गैंडाकोट २ शिलान्यास चोकमा डेरा गरी बस्ने एलिस तामाङको कोठाबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *