Wednesday, September 16, 2020



खगेन्द्र पराजुली, ३१, भदौ, देबचुली । 

सडक दुर्घटनामा परी देबचुलीका एक जनाको ज्यान गएको छ । देबचुली १६ रजहर चोकमा मुख्यमार्गमै दुर्घटना भएको हो ।  

आज मध्यान्ह भएको दुर्घटनामा परी देबचुली १७ का ५० बर्षका पुरुषको मृत्यु भएको हो । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ८ ख १६६७ नम्वरको मिनीट्रकको पछाडी सोही दिशा बाट आईरहेको ना ३८ प १९७ नम्वरको मोटरसाईकल ठोक्किएर भएको दुर्घटनामा परेर घाईते अवस्थामा अस्पताल पुर्याईएका तेजबहादुर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर अवस्थामा उद्धार गरी चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागी पठाईएकोमा अस्पतालले मृत–घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

ट्रक र ट्रक चालक पर्सा जिल्ला रामपुर टोकनी गाउपालिका वडा नं. २ का  ३४ बर्षका दुवारीका शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *