Friday, September 18, 2020

खगेन्द्र पराजुली, २ असोज, नवलपुर । 

नवलपुरका थप ५७ जना कोरोनामुक्त भएका छन् । योसँगै नवलपुरमा कोरोना जित्नेको संख्या ४ सय ६१ पुगेको छ । पोखरामा भएको पुनः परिक्षणमा नेगेटिभ नतिजा देखिएका ५७ जनालाई प्राकृतिक आईशोलेशन रजहरले विदाई गरेको छ । 

आज निको भएर घर फर्किनेमा कावासोतीका ९ जना, बिनयी–त्रिबेणीका १३, देबचुलीका १५, गैंडाकोटका १६, मध्यबिन्दुका ३ र वारा जिल्लाका १ जना गरी ५७ जना छन् । 

आज डिस्चार्ज हुनेमा २ बर्षदेखी ७५ बर्ष उमेर समुहका १९ जना महिला र ३८ जना पुरुष छन् । 

यस्तै आजै नवलपुरको देबचुली ११ का ३१ बर्षका युवकको मृत्यु भएको छ । स्वासप्रस्वास र निमोनियाका ती बिरामीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । भदौ २५ गते अस्पताल पुगेका उनका २६ गते कोभिड संक्रमण पुष्टि भएको थियो । उनको आईसीयु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार चलिरहेपनि गएराती मृत्यु भएको हो । 

योसँगै नवलपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । नवलपुरमा ५ पुरुष र १ महिलाको ज्यान गएको छ । गैंडाकोटका १ महिला सहित २ जना, देबचुलीका २ जना, मध्यबिन्दु र बिनयी–त्रिबेणीका १–१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *