Saturday, September 19, 2020


खगेन्द्र पराजुली, 
३ असोज, नवलपुर । 

देवचुलीका ३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । गएको शनिवार देबचुलीका ३४ जनामा संक्रमण पुष्टि भएपश्चात भएको स्वाव परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । 

कन्ट्याक्ट ट्रेसिङ, ज्वरो लक्षण देखिएका, ट्राभल हिस्ट्री सहितका ९७ जना र २ जना पोजेटिभ पुष्टि भैसकेकाको पुनः परिक्षणका लागी बुधवार संकलन गरी पठाईएका कुल ९९ स्वाव नमूनामध्ये ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने ६३ जनाको नेगेटिभ आएको छ । १ जनाको नतिजा शंकास्पद आएको स्वास्थ्य शाखा देबचुलीले जनाएको छ । 

पोजेटिभ ३५ मध्ये ३३ जना नयाँ संक्रमित हुन् । २ जनाको पुनः परिक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

पोजेटिभ देखिनेमा वडा नं. ११ का ९ महिला र ५ पुरुष, वडा नं. १४ का ६ महिला र ४ पुरुष, वडा नं. ७ का १ महिला र ४ पुरुष, वडा नं. २ का २ महिला तथा वडा नं. ४ र १७ का एक–एक जना पुरुष छन् । 

आज संक्रमण पुष्टि हुनेमा २१ महिनादेखि ८० बर्ष उमेरसमूहका छन् । १८ महिला र १५ पुरुषमा पोजेटिभ देखिएको छ । 

वडा नं. ४ र १७ का २ जना पुरुष ट्राभल हिस्ट्री भएकामा पोजेटिभ देखिएको छ भने अरु सबै समुदायमै रहदै आएकाहरुमा संक्रमण पुष्टि भएको छ । 

यस्तै पोखरावाट प्राप्त रिपोर्ट अनुसार हुप्सेकोटका ९ जना र बुलिङटारका २ जना गरी ११ जनामा पनि संक्रमण पुष्टि भएको छ । 

अपडेटः देबचुली नगरपालिकाका ६ कर्मचारी सहित ७ महिला र २७ पुरुषमा संक्रमण


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *