Saturday, September 19, 2020



खगेन्द्र पराजुली, 

३ असोज, नवलपुर । 

कावासोती नगरपालिकाले कोभिड जितेर फर्केका निसंक्रमितहरुलाई होम आईशोलेशनमा बसेका संक्रमितकहाँ पुगेर परामर्श तथा अनुभव प्रदान गर्न आग्रह गरेको छ । 

संक्रमणमुक्त भएर फर्केका केही सामाजिक ब्यक्तिहरुले उक्त कार्यका लागी कोरोना भाईरस निसंक्रमण अभियान समूह,  नै बनाएर स्वयंसेवी अभियान थाल्ने भएका छन् । 

नगरपालिकाले समेत अभियानलाई चासो राख्दै निर्णय गरेपछि भोली आईतवारदेखी नै अभियान शुरु हुने रेडियो सामर्थ्यका अध्यक्ष एवं कोरोनामुक्त भई फर्किनुभएका अभियानका स्वयंसेवी भरत शर्मा पोख्रेलले जानकारी दिनुभयो । 

संक्रमण पुष्टि भई कावासोती नगरभित्रका होम आईशोलेशनमा बसेकाहरुका लागी आवश्यक सामाग्री सहित परामर्श र अनुभव प्रदान गर्ने उद्धेश्यले हौसला प्रदान गर्ने अभियानमा सरिक भएको रेडियो सामर्थ्यका प्रबन्ध निर्देशक एवं कोरोनामुक्त भई फर्किपछि अभियानमा लागेका सागर पोख्रेलले बताउनुभयो । 

वहाँले कोरोना संक्रमणबाट छिटो निको हुन आफुहरुले समेत अपनाएको बिधिमा अतिआवश्यक सामाग्री जलनेती र्ने भाँडो, बाफलिने भाँडो, प्रतिरोधात्कम क्षमता बृद्धि गर्ने जडिबुटी तथा आर्युवेदिक ओखती लगायत सरसफाईमा प्रयोग हुने सामग्री सहित होम आईशोलेशनमा पुगिने बताउनुभयो ।   

नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले संक्रमणमुक्त भई फर्किएका नै नयाँ संक्रमितसँग पुग्दा उनीहरुमा आत्मबल बढ्नुका साथै संक्रमण पुष्टिपछि निको नहुञ्जेल आईशोलेशनमा अपनाईएका बिधि अनुभव होम आईशोलेशनमा बसेकाले समेत सिक्न पाउने भएकाले यो अभियान देशमै नमूना र प्रभावकारी हुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *