Sunday, September 20, 2020



खगेन्द्र पराजुली, 

४ असोज, नवलपुर । 

ज्वाईले खुर्पा प्रहार गर्दा ससुराको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १५ का ७५ बर्षका ससुरा बिष्णु राईको ३१ बर्षीय आफ्नै ज्वाई सुभाष मगरले खुर्पाले घाँटीमा हानेर हत्या गरेका छन् । 

शेरगञ्जस्थित मुसहरबस्तीमा ससुराकै घरमा बस्दै आएका ज्वाईले खुर्पाले हानेपछि गम्भीर अवस्थामा कावासोतीको डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पताल पुर्याए पनि अस्पतालले मृत्यु पुष्टि गरी शवगृहमा पठाईसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

खुर्पा प्रहार गर्ने ज्वाईको निधारमा चोट लागेकोले प्रहरीकै निगरानीमा जिल्ला अस्पतालमै उपचार भैरहेको जनाईएको छ । 

अहिले जिल्ला अस्पतालमा स्थानीय सहितको भीड बढेको वडाध्यक्ष देबनारायण महतोले जानकारी दिनुभयो । 

राईकै घरमा उनका छोरी, ज्वाई र छोरी–ज्वाईका बच्चा–बच्ची सहित बस्दै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज (आईतवार) राती साढे ८ बजे घटना भएको हो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *