Sunday, October 25, 2020



खगेन्द्र पराजुली, 

९ कार्तिक, नवलपुर—


देबचुली नगरपालिकाबाट गत कार्तिक २ गते परीक्षणका लागी पठाईएका १ सय ९ स्वाव नमूनामध्ये ३८ जनामा संक्रमण पुष्टि भएको छ । 

जसमा देबचुलीका ३४ जना तथा अन्य पालिकाका  जनामा कोरोना पोजेटिभ आएको देबचुली स्वास्थ्य शाखाले जनाएको छ । 

स्वास्थ्य शाखा देबचुलीका प्रमुख रामकुमार श्रेष्ठका अनुसार बिनयी त्रिबेणी वडा नं. ६ का ४५ वर्षका पुरुष, कावासोती नगरपालिका वडा नं. ८ की एक बालिका, कावासोती १४ की २१ बर्षकी युवतीमा र कावासोती हिमालयन बैकका २८ बर्षका पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने बाँकी ३४ जना देबचुली नगरपालिकाभित्रका समुदायस्तरका मानिसहरुमा संक्रमण पुष्टि भएको हो । 

जसमा देबचुली वडा नं. ७ का २० बर्षका पुरुष, १० का २९ र ४० बर्षका २ पुरुष, वडा नं. १२ का २३ बर्षकी महिला / १९ बर्षका पुरुष गरी  जना, वडा नं. १५ का ४०, ५३ बर्षकी महिला ४२ र ५७ बर्षका पुरुष गरी ४ जना, वडा नं. १७ का २१, २४ बर्षका पुरुष र  ४८ बर्षीया महिला गरी ३ जना, वडा नं. १४ का ५२ र २८ बर्षका पुरुष तथा ४६ बर्षकी महिला गरी ३ जना, वडा नं. १ का ८ बर्षका २ जना,१० बर्षका १ बालक, ३३, ६४, २७ बर्षका ३ महिला र २१, ५८ बर्षका २ पुरुष गरी ८ जना, वडा नं. १३ की ५०, ५१  बर्षीया २ महिला र २३ बर्षका एक पुरुष गरी ३ जना, वडा नं. ११ का २७, ८७, १४, ५० बर्षका पुरुष र ५० बर्षीया महिला गरी ५ जना, वडा नं. ३ की ३६ बर्षीया महिला, वडा नं. ४ का २८ र ६२ बर्षका २ पुरुषमा संक्रमण पुष्टि भएको छ । 

पोखरा परीक्षणका लागी पठाईएका बाँकी सवै स्वाव नतिजा नेगेटिभ रहेको स्वास्थ्य शाखाले जनाएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *