Thursday, November 12, 2020

 देबभूमी खबर, २७ कार्तिक, देवचुली–


देबचुली ११ का २५ जना बिपन्न तथा कोभिड प्रभावित परिवार लक्षित राहत सामग्री बितरणमा रिड नेपालले सहयोग गरेको छ ।

स्थानीयमा पुस्तकालय, पुस्तकालयम अध्ययन बिकास र किशोरी शसक्तिकरणका सवालमा कार्यक्रम सञ्चालन गर्ने गरेको रिड नेपालले प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र मार्फत कोभिड अति प्रभावित तथा अति बिपन्न २५ परिवारलाई प्रति परिवार १ हजार रुपैंयाका दरले तिहार लक्षित खाद्य प्याकेट हस्तान्तरण गरेको हो ।
प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, देबचुली ११ धारापानीको आयोजनामा भएको राहत हस्तान्तरण कार्यक्रममा ११ नं. वडा कार्यालयले सहकार्य गरेको हो ।
वडाअध्यक्ष रमेश ठाडाका अनुसार पुस्तकालयले राहत बितरण गर्ने भएपछि वडामा रहेका बिपन्न, मजदुरी गरी छाक टार्ने परिवार धेरै भएपनि पछिल्लो समय कोभिड पुष्टि भई मजदुरीमा जान समेत नसकेका र दुखमा परेका बिपन्न परिवारका २५ परिवारलाई सिफारीस गरिएको हो ।
पुस्तकालयका अध्यक्ष खिमानन्द भुसालले रिड नेपालले शिर्षक किटान गरेर पठाएको रकम सोही शिर्षकमा वडाले सिफारीस गरेको आधारमा बितरण गरिएको बताउनु भयो ।
चाडपर्वका बेला स्थानीय संस्थाले दिएपनि घरमा लगेर मिठो मसिनो खाएर चाडपर्व गुजारा गर्न पाईने भएकाले थोरै भएपनि मदत पुगेको राहत पाउनेहरुले बताएका छन् ।



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *