Thursday, November 12, 2020

 देबभूमी खबर, २७ कार्तिक—



यसवर्ष आज बिहीवारदेखी यमपञ्चक पर्व शुरु भएको छ । आजै साँझदेखी यमदीप दान सुरु गरिन्छ । आज यमपञ्चक पर्व शुरु भए पनि भोली शुक्रवार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि शुक्रवारकै दिनमा परेको छ ।
शनिवार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । शनिवार अपराह्न १ बजेर ४९ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहिआएको छ । औँसी तिथिमा गरिने स्नान, दान भने ३० कात्तिक अर्थात आईतवार बिहान गर्नुपर्नेछ । आइतबार बिहान ११ बजेर २७ मिनेटसम्म औँसी तिथि परेको छ ।
यसबर्ष मंसिर १ गते सोमवारका दिन परेको भाईटीकाका लागी मकर लग्न, वृष नवमांश, अभिजित मुहूर्तको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटको समय दिइएको छ । मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *