Monday, August 31, 2020


खगेन्द्र पराजुली, 
१५ भदौ, नवलपुर ।  

आज सोमबार पछिल्लो  २४ घण्टामा ८ सय ९९ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशैभरबाट आज एकैदिन ८ सय ९९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार १ सय २९ स्वाव नमूनाको पिसीआर परिक्षण भएको जानकारी दिनुभयो । 
हालसम्म कोभिड १९ परीक्षण गर्ने क्रममा पिसीआर बिधि अनुसार ६ लाख ९३ हजार ४ सय ७२ नमूना परिक्षण भएको जानकारी गराउनुभएको छ । 
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८८ जना संक्रमणमुक्त भएका छन् । देशका बिभिन्न आईशोलेसनबाट आज एकदिनमा ५ सय ८८ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २१ हजार ४ सय १० पुगेको छ । 
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशैभरी आज सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको जानकारी दिनुभयो । 
जस्मा संस्थागत आईशोलेशनमा रहने संक्रमितको संख्या १० हजार ७ सय १ छ भने होम आईशोलेशनमा रहनेको संख्या ७ हजार १ सय २१ रहेको बताउनुभएको छ ।
आज देशैभर क्वारेन्टिनमा बस्नेको संख्या ७ हजार ३ सय ३७ रहेको छ ।  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ । 
आज सोमवार मृत्यु पुष्टि हुनेमा ४ बर्षकी एक बालिका २ जना महिला र ४ जना पुरुष छन् । 
महोत्तरीकी ४ बर्षकी एक बालिका सहित गोर्खाकी ६५ बर्षकी र रुपन्देहीकी ६८ बर्षकी महिलाको ज्यान गएको मन्त्रालयले जनाएको छ । 
यस्तै, झापाका ४६ बर्षका, रौतहटका ४० बर्षका, चितवनका ७८ र भक्तपुरका ७७ बर्षका गरी ४ जना पुरुषको पनि कोभिड १९ संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । 
अघिल्लो दिनको अपडेट समाचार

आज एकदिनमा संक्रमित हुने र मृत्यु पुष्टि हुने अहिलेसम्मकै उच्च, १२२१ संक्रमित, १४ जनाको मृत्यु पुष्टि


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *